सडक मर्मत सम्बन्धमा | श्री वडा अध्यक्ष ज्यूहरु, सबै | २०७५/०६/०४

श्री वडा अध्यक्ष ज्यू,
सबै
नीलकण्ठ नगरपालिका, धादिङ ।

                                विषय : सडक मर्मत सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा लामो बर्षातका कारण यस नगरपालिका भित्रका कच्ची सडकहरु बिग्रन गई यातायात सञ्चालनमा बाधा पुग्न गएको र २०७५ सालको वडा दर्शै पनि नजिक आइ रहेको तथा हाल वर्षात पनि रोकिन गएको अवस्था हुँदा नगरवासी सर्वसाधारण नागरिकहरुलाई यातायात सुविधा उपलब्ध गराउन सडक मर्मत कार्य गर्ने भनि मिति २०७५/०५/२५ को बैठकमा भएको सहमति अनुसार आ.व. ०७५/७६ मा पूँजीगत तर्फ आकस्मिक मर्मतका लागि न.पाका सबै वडा भित्रका सडकहरु मर्मत गर्न रकम बाडफाँट गरिएकोमा प्राविधिकबाट तयार भएको लागत अनुमानको आधारमा सहमति बमोजिमका सडकहरुलाई प्राथमिकता दिई यातायात  सञ्चालन हुन सक्ने गरी सडक मर्मत कार्य अविलम्ब गर्न एक वडा एक सडक मर्मत उपभोक्ता समिति गठन गरी त्यहाँबाट सम्झौता गराई वडा समितिको प्रत्यक्ष निर्देशन र समन्वयमा सम्बन्धित प्राविधिकबाट मूल्याङ्न गराई भुक्तानी माग गर्ने व्यवस्था समेतका लागि अनुरोध छ ।

 

             जगन्नाथ पन्त
  (प्रमुख प्रशासकिय अधिकृत)